अन्नपूर्णका माओवादी केन्द्रका सचिव नवीनसहित २४ जना एमालेमा प्रवेश
पाेखरा | कात्तिक ३०, २०७९
पोखरा: कास्की क्षेत्र नम्वर ३ मा माओवादी केन्द्रलाई ठुलो झड्का लागेको छ । मंसिर ४ गते हुने निर्वाचनको मुखैमा कास्की क्षेत्र नम्वर ३ अन्तर्गत पर्ने अन्नपूर्ण गाउँपालिकाका माओवादी केन्द्रका सचिव नविन गिरीसहित २४ जना माओवादी केन्द्र परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका छन् ।
उनीहरुलाई क्षेत्र नम्वर ३ का प्रतिनिधि सभा सदस्य उम्मेदवार दामोदर पौडेल वैरागी, ३ (ख) का प्रदेश सभा सदस्य उम्मेदवार राजीव पहारी र नेकपा एमालेका केन्द्रिय सदस्य तथा कास्की जिल्लाका सहइन्चार्ज कृष्ण थापा लगायतले एक विशेष कार्यक्रममा स्वागत गरेका हुन् ।
पार्टी प्रवेश कार्यक्रममा बोल्दै नवीन गिरीले आफु एमालेको नीति कार्यक्रमबाट प्रभावित भएर प्रवेश गरेको बताउँदै देश र जनताको समृद्धि एमालेले मात्रै गर्न सक्ने बताए ।
उनले देश र जनताको सेवामा एमालेमा आवद्ध भएर निरन्तर कार्य गर्ने प्रतिवद्धता जनाए । गिरीले मंसिर ४ गते हुने निर्वाचनमा सबै एक भएर सूर्य चिन्ह बाहक उम्मेदवारलाई भारी मतले जिताउन हर तरहले लागि पर्ने बताए ।
पार्टीमा स्वागत गर्दै प्रतिनिधि सभाका उम्मेदवार वैरागीले उत्कृष्ट योजना सहित एमाले निर्वाचनमा आएको र विकासको सफल नायक एमाले भएको विगतका कार्यले पुष्टि गरेको बताए ।
प्रदेश सभाका उम्मेदवार पहारीले निरन्तर जनताको सेवामा लागेका विभिन्न दलमा आवद्ध अन्य नेता कार्यकर्तालाई एमालेमा समाहित हुन ढिला गर्न नहुने उल्लेख गरेको कुराको जानकारी युवा संघ नेपालका नेता राजेन्द्र गिरीले दिए ।
पोखरा । पोखराको फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक १० वर्षीय बालकको ज्यान गएको छ । पोखरा महानगरपालिका–१८ खपौदीका आरेस लामाको बिहीबार बिहान तालमा पौडी खेल्ने क्रममा डुबे...
पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ । मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रेस रजिस्ट्रारको का...

